कलाकार जितु नेपाल ‘नमस्ते प्लम्बिङ’ ब्रान्ड एम्बसडर
लोकप्रिय हास्यकलाकार जितु नेपाल ‘नमस्ते प्लम्बिङ’ को ब्रान्ड एम्बसडर नियुक्त भएका छन् । अमेरिकाको कोलोराडो राज्यमा स्थापना भएको नमस्ते प्लम्बिङ कम्पनीले नेपाललाई ब्रान्ड एम्बसडर नियुक्त गरेको हो ।

नमस्ते प्लम्बिङका सिइओ दीपक सुनुवारले हालै एक कार्यक्रममा कलाकार नेपाललाई ब्रान्ड एम्बसडर नियुक्त गरेका हुन् । आफूलाई ब्रान्ड एम्बसडर नियुक्त गरेकोमा कलाकार निर्मातासमेत रहेका नेपालले कम्पनीका सिइओ सुनुवार र सिओओ प्रकाश सिलवालप्रति आभार व्यक्त गरेका छन् ।
अमेरिकाको कोलोराडो राज्यमा स्थापना भएको नमस्ते प्लम्बिङले अब नेपालमा पनि उच्च प्रविधि र दक्ष जनशक्तिसहित प्लम्बिङ र इलेक्ट्रिकल सेवा सुरु गरेको छ।