निखिल उप्रेतीको चलचित्र बाट डेव्यु गर्दै उषा उप्रेती
सोसियल मिडिया हुँदै म्युजिक भिडियोमा सक्रिय रहेकी उषा उप्रेतीको चलचित्र डेव्यु पक्का भएको छ। एक्सन स्टार निखिल उप्रेतीको प्रमुख भूमिका रहने चलचित्र ‘आचार्य’ मार्फत उनले नेपाली चलचित्र क्षेत्रमा डेव्यु गर्ने भएकी हुन् । उनले निर्देशक समेत रहेका निखिल उप्रेती र उनको टीमसंग चलचित्रमा काम गर्ने औपचारिक सम्झौता गरेकी हुन्।

उषाले आफ्नो फेसबुकमा निखिल र अभिनेत्री संचिता लुइँटेलसंगको फोटो राखेर उक्त कुराको औपचारीक जानकारी दिएकी हुन्। निखिल केहि बर्षको विश्रामपछि चलचित्र निर्माण र निर्देशनमा फर्किएका हुन् । यो चलचित्रलाई बिशेष बनाउन उनले मिहेनत गरिरहेका छन।
उषा सामाजिक संजाल र म्युजिक भिडियोमा चर्चामा रहेको नाम हो । अव नेपाली चलचित्र क्षेत्रको उनको यात्रा निखिल उप्रेतीको चलचित्र मार्फत सुरुवात भएको छ।