चलचित्र ‘बल्की’ को छायांकनमा दिपाश्री निरौला
निर्देशक तथा अभिनेत्री दिपाश्री निरौला यतिबेला एक चलचित्रको छायांकनमा व्यस्त रहेकी छिन्। विगत २२ दिनदेखि चलचित्र ‘बल्कि’ को छायांकन भैरहेको छ। सिन्धुपाल्चोकमा यो चलचित्रको छायांकन भैरहेको हो। चलचित्रमा सुशील पोख्रेल, अलिशा बास्तोला, निशान्त परियार लगायतका कलाकारको अभिनय रहेको छ । राहुल बराइलीले निर्देशन गरिरहेको चलचित्रलाई सुधन खत्रीले निर्माण गरेका छन्। चलचित्रको बारेमा कुनै जानकारी बाहिरिएको छैन।

चलचित्र ‘छक्का पन्जा’ को टिमले केहि बर्ष सिरिज नबनाउने घोषणा गरेसंगै यसको टिम यतिबेला बाहिरी व्यानरका चलचित्रमा व्यस्त देखिएको छ। यहि बीचमा दीपाले पनि बाहिरी ब्यानरको चलचित्रमा अभिनय गरेकी हुन् ।