‘के घर के डेरा: घर न २’ को गीतमा खगेन्द्र र उपासना रोमान्टिक


जेठ २ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘के घर के डेरा: घर नं २ ’को गीत ‘आँखा’ सार्वजनिक गरिएको छ । पोष्टर रिलिज गर्दै प्रचारमा उत्रिएको निर्माण टिमले पहिलो गीत सार्वजनिक गरेको हो। गीतमा रिकेश गुरुङ्गको आवाज, राम अविरल विष्टको शब्द र एसडी योगीको संगीत छ ।

प्रेम भाव समावेश गरेको गीतको भिडियोमा अभिनेता खगेन्द्र लामिछाने र उपासना सिंह ठकुरीलाई फिचर गरिएको छ । दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायतको अभिनय छ । सामाजिक कथावस्तुमा आधारित भएर बनेको चलचित्रको कथा बुद्धिसागरले लेखेका छन्।

चलचित्रको निर्माताहरुमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् भने कार्यकारी निर्माता युवराज कार्की हुन् । चलचित्रमा कृष्णबहादुर थापाको छायांकन, नहकुल खड्काको सम्पादन, केविका खत्रीको कोरियोग्राफी, सञ्जय थापाको एक्सन निर्देशन रहेको छ।

प्रतिक्रिया दिनुहोस्