जितू र बर्षाको ‘कार्की साइँला’ को शुभमुहूर्त


जितू नेपाल र बर्षा शिवाकोटी मुख्य भूमिकामा रहेको चलचित्र ‘कार्की साइँला’को शुभमुहूर्त गरिएको छ । सोमबार बिहान कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो। जितू र बर्षाले पहिलोपटक एक साथ काम गर्न लागेका हुन्। भरिया बोक्ने भरियाको कथामा आधारित भएर निर्माण हुने चलचित्रलाई राजेन्द्र बस्नेतले निर्देशन गर्दैछन्।

कर्ण बहादुर फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर, मनिल तामाङ लगायतको अभिनय रहनेछ । कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता बालकुमार राई हुन् भने कार्यकारी निर्मातामा राजु श्रेष्ठ छन् । बैशाख २० गतेबाट धनकुटा जिल्लाका बिभिन्न स्थानमा चलचित्रको छायांकन हुनेछ। चलचित्रमा डम्बर बहादुर राईको छायांकन, राजु किराँतीको द्वन्द्व निर्देशन, संगीत बाबुल गिरि, गीत जीवननाथ गौतम, नृत्य निर्देशन कमल राईको र अजित लामिछानेको पटकथा तथा संवाद रहनेछ ।

प्रतिक्रिया दिनुहोस्