‘के घर के डेरा : घर नं २’ सिक्वेल हैन’ – निर्देशक दिपेन्द्र के खनाल


दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘के घर के डेरा : घर नं २’ जेठ २ गते रिलिज हुँदै छ । केहि दिन अगाडी टिजर सार्वजनिक भएपछी यो चलचित्र प्रति दर्शकको कौतुहलता बढेको छ। केहि बर्ष अगाडी रिलिज भएको चलचित्र ‘के घर के डेरा’ को नाम सिव्केल रहेको चलचित्र भने त्यसको सिक्वेल नभएको उल्लेख गरिएको छ। टिजरले पनि यसको संकेत गर्दैन। निर्देशक खनालले पनि यो चलचित्र सिक्वेल नभएको बताएका छन्।


“यो के घर के डेराको सिक्वेल होइन । घर र डेराको कुरा चलचित्रमा छ । तर, यो के घर के डेराको सिक्वेल होइन,” उनी भन्छन्, “यो बिलकुल नयाँ कथा हो । यो चलचित्रले नयाँ कथा लिएर आउँछ ।”

‘के घर के डेरा’ कमेडी बेसमा बनेको चलचित्र भएको भन्दै निर्देशक दीपेन्द्र ‘के घर के डेरा : घर नं २’ सोसल ड्रामा भएको प्रष्ट पार्छन् । आफ्नो पहिचान झल्कने चलचित्र ‘के घर के डेरा : घर नं २’ भएको उनी बताउँछन् । “यसमा मेरो ओर्जिनल फ्लेबर आउँछ । म जसरी आफूलाई मन लागेको सोसल ड्रामा भन्दै आएको थिएँ,” उनी भन्छन्, “यो चलचित्र मार्फत म आफ्नो जनराको चलचित्रमा फर्किएको छु ।”

साहित्यकार बुद्धिसागरले कथा लेखेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायत कलाकारको अभिनय छ । चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । ‘के घर के डेरा : घर नं २’ को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् भने कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।

प्रतिक्रिया दिनुहोस्