साउनमा रिलिज हुने ‘मोहर’ मा पल शाहको भूमिका के हो ?
अभिनेता पल शाह मुख्य भूमिकामा रहेको चलचित्र ‘मोहर’ साउन २३ गतेबाट रिलिज हुँदैछ। फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्रमा अभिनेता शाह प्रहरीको भूमिकामा रहेको तस्विर केहि अगाडी सार्वजनिक भएको थियो । अव निर्माण टिमले पल शाहका अन्य केहि तस्विर सार्वजनिक गरेको छ। जस्ले दर्शकमा कौतुहलता थपेको छ। सार्वजनिक गेटअपमा उनलाई भरुवा बन्दुक ताकेको अवस्थामा लामो कपालमा देख्न सकिन्छ । यसले कतै उनी दोहोरो भूमिकामा त छैनन् भन्ने अनुमान बढेको छ ।

ओम प्रतिकको लेखन तथा निर्देशन रहेको चलचित्रमा चुम्बन जंग शाही निर्माता रहेका छन्। फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्रमा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सुशिल देवकोटा र बाल–कलाकार सारा शर्माको अभिनय छ ।
दीपेन बस्न्यातको डीओपी रहेको चलचित्रमा कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ । कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन चलचित्रमा रहनेछ। चलचित्रको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा गरिएको छ ।