नीति शाहले गरिन् विवाह, को हुन् श्रीमान याञ्चित राणा?
‘मिस नेपाल इन्टरनेशनल २०१७’ विजेता अभिनेत्री तथा मोडल नीति शाहले विवाह गरेकी छन्। उनले प्रेमी याञ्चित राणासँग कानूनी विवाह गरेकी हुन्। शुक्रबार काठमाडौं जिल्ला अदालतमा उनले प्रेमी राणासंग न्यायाधीश दिनबन्धु बरालको इजलासमा कोर्ट म्यारिज गरेकी हुन्।

‘खाजुरे ब्रो’ चलचित्रबाट नेपाली रजतपटमा डेव्यु गरेकी नीति नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेकी छिन्। उनि अभिनिती चलचित्र ‘नरसिंहा अवतार’ जेठ ९ मा रिलिज हुँदैछ। मोहर लगायत केहि चलचित्र प्रदर्शन र छायांकनको तयारीमा रहेका छन्।
झन्डै ४ बर्ष लामो समय देखि नीति र याञ्चित प्रेममा रहेका थिए। उनी पेसाले एरोस्पेस इन्जिनियर हुन् । ड्रोन, हेलिकप्टर, प्लेन जस्ता आकाशमा उड्ने वस्तुहरूको डिजाइन तथा मेन्टेनेन्स (मर्मत) सम्बन्धी अध्ययन र काम एरोस्पेस इन्जिनियरको रहन्छ।