न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा ‘बदमास’, सनिशा र विजुको अभिनय


मेनुका पौडेलको स्वरमा रहेको नयाँ गीत ‘बदमास’ सार्वजनिक भएको छ। सुन्दर राजभण्डारीको शब्द रहेको गीतमा बरिष्ठ संगीतकर न्ह्यू बज्राचार्यले संगीत भरेका छन्। क्लासिकल शैलीको गीत नाम्लो इभेन्ट्सको प्रस्तुतिमामा तयार भएको छ। गीतकार सुन्दरले नै निर्माण गरेको गीतका कार्यकारी निर्माता विक्रान्त मान श्रेष्ठ रहेका छन् ।

बिमलेश अधिकारीको निर्देशनमा तयार भएको भिडियोमा सनिषा भट्टराई र विजु पार्कीको अभिनय रहेको छ । म्युजिक भिडियो र चलचित्रमा अभिनय गरिसकेका बिमलेशको यो पाँचौ निर्देशकीय भिडियो हो। करण शाहको कोरियोग्राफी रहेको भिडियोमा हरि हुमागाईको छायांकन र प्रविन मानन्धरको सम्पादन रहेको छ।

गीत सार्वजनिक कायर्क्रममा वरिष्ठ गायक विकास राणा, वरिष्ठ कवि तथा साहित्यकार विप्लव प्रतीक, अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी, तथा अभिनेता प्रशान्त ताम्राकारसहित विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै साहित्यकार विप्लव प्रतीकले गीत सुनेपछि आफू भाव विह्वल भएको प्रतिक्रिया दिए । उनले सङ्गीतकार न्ह्यू बज्राचार्यलाई ‘लिभिङ लिजेन्ड’ को संज्ञा दिँदै गीतकार राजभण्डारीको कलात्मकता, गायिका पौडेलको मिठासपूर्ण गायन र निर्देशक बिमलेश अधिकारीको संवेदनशील निर्देशनको खुलेर प्रशंसा गरे । साथै, कलाकार सनिशा र विजुको अभिनयले गीतमा नयाँ उचाइ थपेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्