‘अच्छा लेकिन लण्डनको’ गीतमा राजेश हमला देखि सनिशा भट्टराईसम्म संगै नाचे


राजेश हमालको कमब्याक चलचित्र ‘नरसिंहा अवतार’ को प्रचार सामाग्री रिलिज देखि झन् कौतुहलता बढिरहेको छ। यहि बीचमा निर्माण टिमले चलचित्र ‘दैव संजोग’ को चर्चित गीत ‘अच्छा लेकिन लण्डनको’ नयाँ भर्सन रिलिज गरेको छ। शम्भुजित बाँस्कोटा र रचना रिमालको आवाजमा रि-रेकर्ड गर्दै चलचित्रको गीत सार्वजनिक गरिएको हो। गीतमा बाँस्कोटाको शब्द र संगीत रहेको छ। पुरानो भर्सनमा भने शम्भुजितलाई गायिका देविका बन्दनाले स्वरमा साथ दिएकी थिइन्।

गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरु राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, उषा खड्गी, दीपा शाही, एल्भिना खड्का लगायत फिचर रहेका छन्। भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। गीत र भिडियोलाई दर्शकले रुचाएका छन् । रिलिजको २४ घण्टा नपुग्दै गीतले ४ लाख बढी भ्युअर्स कमाइसकेको छ भने नेपालको म्युजिक सेक्सनको १८ नम्बर ट्रेण्डीङ्गमा पर्न सफल भएको छ।

दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, अमित गिरी लगायतको पनि अभिनय रहेको छ । नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानीमा तयार भएको चलचित्रमा चन्द्र पन्तको द्वन्द्व निर्देशन तथा कथा छ । आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको ‘नरसिंहा अवतार’ राजेश हमालको ८ वर्षपछिको कमब्याक चलचित्र हो । यसमा हमाल एक्सन भूमिकामा छन् । उनका अनुसार यो चलचित्र दर्शकका लागि ‘सरप्राइज’ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्