विपिन र मिरुनाको प्रेम झल्काउने ‘ऊनको स्विटर’ को गीत ‘काफ्ले’
झुमा लिम्बू र सुजन चापागाईको स्वरमा रहेको चलचित्र ‘ऊनको स्विटर’ मा समावेश नयाँ गीत सार्वजनिक भएको छ। काठमान्डौमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै ‘काफ्ले’ बोलको गीत सार्वजनिक गरिएको हो। युवराज काफ्लेको शब्द रहेको गीतमा झुमा लिम्बुको संगीत रहेको छ। गीतका शब्द र भाका दर्शकले रुचाइरहेका छन्। सामाजिक संजालमा यो गीतका भिडियो र रिल्स बनिरहेका छन्।

नविन चौहानको निर्देशनमा तयार भएको चलचित्र बैशाख २६ गतेबाट रिलिज हुँदैछ। चलचित्रमा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बु लगायतका कलाकारहरुको अभिनय छ ।
सुजन चापाँगाइको गीत निर्देशन रहेको चलचित्रमा कोविद वर्जको संगीत, रोशन विक र दीप गुरुङको कोरियोग्राफी, कृष्ण भण्डारीको सम्पादन छ । आर्टमाण्डु नेपाल प्रा.लिको निर्माण रहेको चलचित्रमा सागर वुढाथोकी र मिलन खत्री कार्यकारी निर्माताको रुपमा छन् ।