अनुप र सौगातको ‘जार’ ट्रेलर भित्र के छ ?
अनुपविक्रम शाही र सौगात मल्ल मुख्य भूमिकामा रहेको चलचित्र ‘जार’ को ट्रेलर सार्वजनिक भएको छ। साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्रको बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो। जार संस्कृति (भागेर अर्को बिहे गरेकी स्त्रीको दोस्रो पतिलाई पहिलो पतिले जार भन्ने प्रचलन) मा आधारित भएर चलचित्र निर्माण भएको चलचित्रको ट्रेलरले स्नाकेट गरेको छ।

सन् १८०० को दशकको नेपाली संस्कृती र त्यो समयको प्रचलनमा आधारित चलचित्रमा अनुपविक्रम शाहीकी श्रीमतीलाई सौगात मल्लले भगाएर विवाह गरेपछि उत्पन्न परिस्थिति र उत्तारचढाव ट्रेलरमा देखाईएको छ। फूर्वा छिरिङ लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको छायांकन सिक्किम क्षेत्रमा गरिएको छ। ‘फेर्री टेल पिक्चर्स’को निर्माण रहेको चलचित्रको कार्यकारी निर्माताहरुमा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।
चलचित्रमा सरवानन इलावार्सुको छायांकन तथा अखिलेश राईको सम्पादन रहेको छ । चलचित्रमा अभिनेत्रीको रुपमा गीताञ्जली थापाले अभिनय गरेकी छिन्। भारतीय फिल्म उद्योगमा सक्रिय गीताञ्जलीले भारतीय राष्ट्रिय चलचित्र पुरस्कार समेत जितेकी छन् । ‘लायर्स डाइस’ बाट उनले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड जितेकी थिइन् । नेटफ्लिक्सको वेब सिरिज ‘सेक्रेड गेम्स’मा पनि उनले काम गरेकी छिन् ।