कस्तो लाग्यो ‘कल्ली’ मा अर्पण थापाको लुक्स ?


छायांकनरत चलचित्र ‘कल्ली’ को सेटबाट नायक अर्पण थापाको लुक्स सार्वजनिक भएको छ। जुम्लामा छायांकन भैरहेको चलचित्रको उनको लुक्स आकर्षक देखिएको छ। काठमान्डौको सुटिङ्ग सकेर निर्माण टिम जुम्ला पुगेको हो। निर्माणपक्षले चलचित्रमा उनको भूमिका के हो भन्ने खुलाएको छैन ।

निर्माता किरण नेपालीले अब एक सातामा चलचित्रको छायांकन सकिने जानकारी दिए । लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा हिमाल कडरिया र अमलादेवी राइको लगानी रहेको छ भने सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् ।


चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी, बेगम नेपाली लगायतको अभिनय छ । लक्ष्मण सुनारको निर्देशनमा चलचित्र तयार भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्