एकपछि अर्को चलचित्र गर्दै प्रकाश सपुत, ‘वसन्त’ रिलिज नजिकिदै गर्दा कस्तो छ तयारी ?
गायनमा प्रकाश सपुत जति सफल छन् , चलचित्रमा पनि उति नै सफल बन्दै गएका छन्। प्रकाशको हालसम्म २ वटा चलचित्र रिलिज भएका छन्। दुईवटा चलचित्रले नै बक्स अफिसमा सफलता हासिल गरे। परदेशी २ बाट डेव्यु गरेका सपुतको ‘पूर्ण बहादुरको सारंगी’ एतिहासिक हिट बन्यो। दुई चलचित्रको सफलता र उनको क्रेजले लगातार नेपाली चलचित्र क्षेत्रमा उनको डिमाण्ड रहेको छ।

उनका ५ वटा चलचित्र यतिबेला पाइपलाइनमा रहेका छन्। कोहि रिलिजको तयारीमा रहेका छन् भने केहि छायांकनको तयारीमा। सपुतको यो बर्षको अन्तिममा चलचित्र ‘वसन्त’ रिलिज हुँदैछ। यो उनको पहिलो निर्देशकीय चलचित्र हो । सोहि कारण पनि यो चलचित्रलिई बिशेष रुपमा हेरिएको छ। आफ्ना म्युजिक भिडियोमा नै कथा भन्न सिपालु सपुतले यो चलचित्र आकर्षक बनाएको अनुमान छ। तर अन्य चलचित्रमा व्यस्त भएको कारण यो चलचित्रको पोष्ट प्रोडक्सनमा उनले कति समय दिएर कस्तो चलचित्र रिलिजमा तयार हुने हो भन्ने हेर्न बाँकी रहेको छ।
यो बीचमा उनले दुई चलचित्र ‘सोल्टिनी’ र हरिबहादुरको जुत्ता’ को सुटिङ्ग सम्पन्न गरेका छन्। सोल्टिनी असोज ३ मा रिलिज हुने तयारीमा रहेको छ भने हरिबहादुरको जुत्ता दशैँको फूलपातीमा रिलिज हुनेछ।
प्रकाशले चलचित्र ‘माइतीघर’ को सुटिङ्गका लागी समय दिनपर्ने छ। यो चलचित्र पनि दशैँको फूलपातीमा नै रिलिज हुने तयारीमा रहेको छ। यो बीचमा सपुतले चलचित्र ‘परालको आगो’ साइन गरेका छन्। एककाम लाई सफल नगरी अरु काममा हात नहाल्ने सपुतको स्वभाव पछिल्लो समय बदलिदै गएको छ। यसले उनको करियरमा कस्तो प्रभाव पर्ने हो , त्यो भने हेर्न बाँकि रहेको छ।
वसन्तको नयाँ पोष्टर सार्वजनिक
चैत्र २२ गतेबाट रिलिज हुने सपुतको निर्देशकीय चलचित्र ‘वसन्त’ को नयाँ पोष्टर सार्वजनिक भएको छ। पोष्टरमा प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर रहेका छन्। स्कुलको ड्रेसमा दुवै प्रेमिल भावमा पोष्टरमा देखिएका छन्।

नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने चलचित्रमा प्रकाश र स्वस्तिमासंगै प्रभातपाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको अभिनय छ । गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रमा निर्देशक, पटकथा र संगीत पनि सपुतकै छ ।