हलमा एक्सन चलचित्र ‘आउटलः दफा २१९’
होलीको अवसर पारेर चलचित्र ‘आउटलः दफा २१९’ रिलिज भएको छ। सेन्सर बोर्डले चलचित्रलाई ‘पीजी सर्टिफिकेट’ दिएको छ। एक्सन प्रधान चलचित्रलाई बिक्की महर्जनले निर्देशन गरेका छन्। मल्टिप्लेक्सले चलचित्रलाई आकर्षक शो दिएको छ।

एक्सन जनरामा निर्माण भएको यो चलचित्रले एउटा मुद्दालाई समेत उठान गरेको छ । चलचित्रलाई अमित अग्रहरिले निर्माण गरेका हुन् । चलचित्रमा चुल्ठे काजीको एक्सन, साहिल खानको सम्पादन छ । चलचित्रमा नायक सुशिल श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल लगायतका कलाकारहरुको अभिनय छ ।