‘कर्मा’ मा यस्तो छ उपासनाको लुक्स


चैत्र २९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘कर्मा’ मा अभिनेता विपिन कार्कीको लुक्सले दर्शकको मन जितिसकेको छ। उनको एक्सन अवतार पहिलोपटक दर्शकले देख्दैछन्। उनको जोडीको रुपमा चलचित्रमा उपासना सिंह ठकुरी रहेकी छिन्। निर्माण टीमले उपासनाको लुक्स सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा उनी कुर्थासुरुवालमा देखिएकी छन् । पोष्टरमा उपासनाको क्यारेक्टरबाहेक अन्य खासै केही देखाइएको छैन ।

‘कर्मा’ लाई सौरभ चौधरीले निर्देशन गरेका छन् । ‘कर्मा’ को छायांकन दाङ र काठमाडौंमा गरिएको थियो । नेपाल र विदेशमा यो चलचित्र एकसाथ चैत्र २९ मा प्रदर्शन हुनेछ । ‘कर्मा’मा विपिन र उपासना संगै मुकुन भुसाल, दिव्यदेवल गायत कलाकारको अभिनय रहेको छ ।

मुकुन यो चलचित्रमा नेगेटिभ क्यारेक्टरमा छन् । कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गरिसकेको छ । चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज सिनेमाले लिएको छ । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्