सुरु भयो धिरज र मिरुनाको ‘कुस्ती’ छायांकन
चलचित्र ‘कुस्ती’ को छायाङ्कन सुरू भएको छ । मंगलबार साँझ काठमाडौँ मातातीर्थमा मुहुर्त पुजा गर्दै अभिनेता धीरज मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधरको दृश्य खिच्दै छायाङ्कन सुरू गरिएको लेखक तथा निर्देशक अनिल योञ्जनले बताए ।

‘सहरको कथा भएकाले हामीले काठमाडौँ आसपासमा छायाङ्कन गर्ने छौँ । सम्बन्धमा रहेको एक जोडीको कथा रहेको चलचित्रमा उनीहरु एक अर्कालाई धेरै माया गर्छन्, तर आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाईको सामना गरिरहेका हुन्छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहनेछ’, निर्देशक योञ्जनले भने ।
कलाकार बुद्धी तामाङको निर्माण रहेको चलचित्र काठमाडौँ आसपासमा ४५ दिनको सेड्युल तय गरेर छायाङ्कन गरिनेछ। अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा निर्माण हुने चलचित्रमा धीरज मगर, मिरुना मगर, बुद्धी तामाङ, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय रहेनछ । आफ्नो पहिलो चलचित्र निर्माण भएका उत्साहितसँगै केही नर्भस रहेको अभिनेता बुद्धी तामाङले बताए ।
चलचित्रमा उमङग शाहीको छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको सङ्गीत, शिशिर खातीको नृत्य निर्देशन रहनेछ । चलचित्र आउँदो वर्ष विसं २०८२ को भदौमा प्रदर्शन हुनेछ ।