‘आउटलः दफा २१९’ को ‘र्याप प्रतियोगीता’, कसरी हुने सहभागी?


टिजर सार्वजनिक भएसँगै दर्शकले निकै राम्रो प्रतिक्रिया दिएको चलचित्र ‘आउटलः दफा २१९’ फागुन २९ गतेबाट रिलिज हुँदैछ। ट्रेलर रिलिज केहि दिनमा गर्ने तयारी गरेको निर्माण टिमले दर्शकका लागी एक प्रतियोगिताको आयोजना गरेको छ। यसको निर्माणपक्षले ‘न्याय’ शिर्षकमा ‘र्याप प्रतियोगीता’ आयोजना गरेको छ । स्याडो पिक्चर्स र रिट्रो फिल्मस्को प्रस्तुतिमा बनेको यो चलचित्रको ‘र्याप प्रतियोगीता’ मा सहभागी हुन चाहनेले ‘न्याय’ शिर्षकमा र्याप गीत तयार पारेर पठाउन सक्नेछन् ।

प्रतिस्पर्धीले गीत लेखेर त्यसलाई रेकर्ड गराएर भिडियो पठाउन सक्ने निर्माण टिमले बताएको छ । प्रतिस्पर्धीले पठाएको भिडियो चलचित्रको सामाजिक संजाल एकाउन्टमा पोष्ट गरिनेछ । सर्वाधिक धेरै लाइक र भ्यूज प्राप्त गर्न सफल प्रतिस्पर्धीले पुरस्कार प्राप्त गर्ने निर्माणपक्षले बताएको छ । फागुनको २३ गतेसम्म गीतको भिडियो तयार पारेर पठाउनुपर्नेछ ।

यो चलचित्रले ‘न्याय’को कथा बोल्ने भएकाले गर्दा नै यही शिर्षकमा प्रतियोगीता आयोजना गरिएको चलचित्रका निर्माता अमित अग्रहरिले जानकारी दिए ।

विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ । विनोद कठायत कार्यकारी निर्माता र विकास चौधरी सह–निर्माता रहेको चलचित्रमा नविन गुरुङको छायांकन, साहिल खानको सम्पादन, चुल्ठे काजीको एक्सन रहेको छ।

प्रतिक्रिया दिनुहोस्