१३ बर्षपछि उत्तम प्रधान चलचित्रमा ,’कल्ली’ मा श्रीमान श्रीमती बन्दै बर्षा र नाजिर


चलचित्र ‘कल्ली’ को छायांकन सूरु भएको छ। काठमाडौंको बौद्धमा अवस्थित एक घरबाट चलचित्रको छायांकन सुरु गरिएको हो । केही दिन काठमाडौं सेड्युल पश्चात बाँकी छायांकनका लागि यसको टिम जुम्ला प्रस्थान गर्नेछ । ३५ दिन लामो सेड्यूल लिएर निर्देशक लक्ष्मण सुनारले चलचित्रको छायांकन सुरु गरेका हुन् । पहिलो दिन नायक नाजिर हुसेन, नायिका वर्षा राउत, कलाकार उत्तम प्रधान लगायतको दृश्य खिचिएको छ । लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । महेश दवाडीको लेखन रहेको यो चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् ।

चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी र बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा निसाल पौडेलको छायांकन रहनेछ।

१३ वर्षपछि चलचित्र क्षेत्रमा कमब्याक गर्न लागेका कलाकार उत्तम प्रधान निकै उत्साहित देखिए । उनले भने–‘यो चलचित्रको कथावस्तु मलाई निकै मन पर्यो । मैले यसअघि गरेका चलचित्रको भन्दा भिन्न भूमिका रहेकाले काम गर्न लागेको हुँ । मलाई यो बिचमा थुप्रै चलचित्रबाट अफर पनि आएको हो । तर, आफ्नो भूमिका नै चित्त नवुझेका कारण मैले चलचित्रमा काम गरिनँ ।’ सुटिङ सेटमा भेटिएका नायक नाजिर हुसेन र नायिका वर्षा राउतले आफूहरु श्रीमान्–श्रीमतीको भूमिकामा देखिन लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्