रोचक अनि रमाइलो ‘फेरी रेशम फिलिली’ ट्रेलर


फागुन १४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘फेरी रेशम फिलिली’ को ट्रेलर सार्वजनिक भएको छ। निरोज महर्जनको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ९ बर्ष अगाडी रिलिज चलचित्र ‘रेशम फिलिली’ को सिक्वेल हो।

चलचित्रको ट्रेलरमा अमेरिका जान रेशम पात्रले गरेको संघर्ष र त्यसको बीचमा उत्पन्न परिस्थितिलाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ। चलचित्रको ट्रेलरमा कलाकारको जम्भो टिमलाई प्रस्तुत गरिएको छ।

चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, निर शाह, लक्ष्मी गिरी , प्रकाश घिमिरे, महेश त्रिपाठी, मेक्सम गौडेल, शिशिर वाङ्ग्देल लगायतका कलाकारको अभिनय रहेको छ। सिनेमा आर्ट्सको व्यानरमा निर्माण भएको चलचित्रका निर्माता रौनक विक्रम कंडेल हुन्। एनी थापा सह- निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता सुरज बम ठकुरी हुन् ।

प्रतिक्रिया दिनुहोस्