चलचित्र ‘११:५५’ को टिजर मा के छ ?
चैत २८ गतेबाट रिलिज तयारीमा रहेको नयाँ चलचित्र ‘११:५५’ को टिजर सार्वजनिक गरिएको छ । क्राइम-थ्रिलर चलचित्रको टिजरमा पात्रहरु बीचको लभ, रोमान्स, धोका र बदलाको कथा समेटिएको छ ।

सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी, सागर खनाल लगायतको अभिनय रेहको चलचित्रलाई केशव पाण्डेले निर्देशन गरेका छन्। केशव पाण्डेको कथा रहेको चलचित्रमा पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ ।
श्याम शर्मा र सरोजा शर्मा निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता एमएस अग्रज हुन् । चलचित्रमा अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, प्रद्युमन मिश्रको डिओपी तथा रामशरण उप्रेतीको सिनेमेटोग्राफी छ ।