एक्सन चलचित्र ‘कर्मा’ को छायांकन सकियो, चैत्र २९ मा रिलिज हुँदै
निर्देशक सौरभ चौधरीको निर्देशनमा तयार भएको ‘कर्मा’को छायाकंन सम्पन्न भएको छ । मंसिरको अन्तिम साताबाट सुरु भएको ‘कर्मा’ को छायांकन दाङ आसपासका विभिन्न स्थानमा करिब ४६ दिन र काठमाडौंमा १२ छायांकन गरि पूरा भएको हो । नेपाल र विदेशका विभिन्न स्थानमा चलचित्र नयाँ बर्षको अवसर पारेर चैत्र २९ गतेबाट रिलिज हुँदैछ। ओभरसिज मार्केटमा सेभेन सिज सिनेमाले चलचित्र रिलिज गर्ने लागेको हो ।

‘कर्मा’को फर्स्टलुक पोस्टर फागुन १ गते सार्वजनिक भएको थियो । निर्माण पक्षले अभिनेता विपिन कार्की फिचर दुई पोष्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरले दर्शकमाझ उत्सुकता बढाएको र पोस्टर रिलिज भएसँगै ओभरसिज माकेर्टमा पनि दर्शकमा ‘कर्मा’ प्रति चासो रहेको छ । एक्सन जनरामा यो चलचित्र निर्माण भएको चलचित्र विपिन कार्कीको पहिलो एक्सन चलचित्र हो। कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्य देव लगायत कलाकारको अभिनय रहेको छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ ।