१५ लाखको चेक लिएको आरोपमा ‘एक्टर’ विरुद्ध ‘एक्टर: टेक वान’ अदालतमा
चलचित्र क्षेत्र विवाद र गसिफ भन्दा बाहिर कहिले जान सक्दैन। यँहा दिनहु केहि न केहि गसिफ र मसला बाहिरिरहेका हुन्छन्। ‘एक्टर’ नामको विवादले चलचित्र बजार केहि अगाडी निकै गर्मायो। विदाको लामो समय छोप्न रिलिज हुन् लागेको चलचित्र ‘एक्टर: टेक वान’ लाई अदालती मुद्धा पर्यो। माघ महिनामा रिलिज भएको चलचित्र ‘एक्टर’ ले यो चलचित्र विरुद्ध अदालतमा मुद्धा दर्ता गर्यो। तोकिएको समयमा चलचित्र रिलिज हुन नपाउदा यसले सोचेजस्तो व्यापार नगरेको चर्चा चल्यो। हुन पनि प्रदिप खड्का, आना शर्मा जस्ता स्टार, राजबल्लभ कोईरलाको कमब्याक र दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीको डेव्यु चलचित्र चर्चै चर्चामा रहेको थियो। समिक्षा पनि राम्रै बटुलेको चलचित्र बक्स अफिसमा नराम्रो संग पछारियो। विज्ञापनका लागी भनेर छुट्याइएको रकम पनि तिर्न नसेको आरोप चलचित्र माथि लागेकै छ।

यहि बीचमा चलचित्र ‘एक्टर : टेक वान’ को टिम अदालत पुगेको छ। चलचित्र ‘एक्टर’ ले आफ्नो चलचित्रलाई रिलिज गर्न दिने भन्दै अनुचित प्रभावमा पारेर आफूहरूबाट १५ लाखको चेक लिएको अदालतमा दायर मुद्धामा उल्लेख गरिएको छ।
‘अदालतबाट चलचित्र प्रदर्शनमा रोक लगाएको आदेश विपरित हामी फिरादकर्ताहरूसँग ‘एक्टर : टेक वन’ प्रदर्शन गर्न दिने भनी र प्रतिलिपि अधिकार हनन भयो भनी झुक्याइ, जालसाझी र अनुचित दबाबमा पारी क्षतिपूर्तिबापत भन्दै अनुचित रुपमा १५ लाख रुपैयाँको चेक लिएकाले अधृत फिल्म्स प्रालिको चेकबाट खिचिएको १५ लाखको चेक समेत फट्टा (रद्द) गरि पाऊँ,’ ‘एक्टर : टेक वन’को निर्माण कम्पनी अधृत फिल्म्सको तर्फबाट दायर फिराद पत्रमा उल्लेख छ । एक्टर’ चलचित्रको निर्माण कम्पनी नेपाली डायस्पोरा इन्टरटेनमेन्ट प्रालिलाई विपक्षी बनाएर अदालतमा मुद्धा दर्ता गरिएको छ।
दुवै चलचित्रका निर्मातालाई चैत ६ गते मंगलबार छलफलका लागि उपस्थित हुन अदालतले आदेश दिएको छ । माघ १३ गते एक्टर चलचित्रले ‘एक्टर: टेक वान’ विरुद्ध मुद्धा दायर गरेको थियो। सहमतिलाई गोप्य राख्दै माघ १८ गतेबाट चलचित्र प्रदर्शनमा आएको थियो। अव भने चलचित्रले १५ लाख रकम लिएको खुलेको छ।
दुवै चलचित्र बक्स अफिसमा असफल भएका छन्।