‘दुखी आत्मा’को बुकिङ खुल्यो, मल्टिप्लेक्समा सुखद शोज



शुक्रबारदेखि रिलिजमा आउन लागेको चलचित्र ‘दुखी आत्मा’को बुकिङ खुल्ला गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रप्रति प्रदर्शकहरु पनि आशावादी देखिएका छन् ।


यो चलचित्रलाई क्यूएफएक्स चेनले उपत्यकाका हलमा २४ शोज दिएको छ । यस्तै, बीग मुभिजले ३ शोज, वान सिनेमाज् नयाँ बाँनेश्वरमा ५ शोज, कालिमाटीमा ४ शोज, एफक्यूब सिनेमाज्मा ५ शोज, आइएनआई नयाँ बाँनेश्वरमा ४ शोज मिलेको छ ।काठमाडौं बाहिर पनि यो चलचित्रलाई सुखद शोज मिलेको छ ।


चलचित्रको टिजर, ब्रेकअप कविता र ट्रेलरले दर्शकको साथ पाइसकेको छ । सामाजिक कथामा नयाँ नयाँ बिषय पस्कन सफल मानिएका दीपेन्द्रको यो चलचित्रले यौन समस्याका कारण एक पुरुषले भोग्ने विभिन्न तनावको कथालाई प्रस्तुत गरेको छ ।
हिमाल कडरियाको निर्माणमा सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्