भ्यालेन्टाइनमा स्वस्तिमालाई ‘मिलनको कविता’ सुनाउदै प्रकाश
गायक तथा अभिनेता प्रकाश सपुतको नयाँ चलचित्र ‘वसन्त’को टिजर ‘मिलनको कविता’ सार्वजनिक भएको छ । सार्वजनिक टिजर मिलनको कवितामा चलचित्रका मुख्य पात्र प्रकास सपुत र स्वस्तिमा खड्कालाई प्रेमिल भावमा देख्न सकिन्छ ।

निर्माण टिमले यो टिजरलाई भ्यालेनटाइन डे स्पेशल कविता भनेको छ । चलचित्रको यसअघि सार्वजनिक गीत ‘साँझ पर्यो झमक्क’ ले दर्शकमाझ राम्रो हाइप बनाएको छ । आगामी चैत्र २२ गते चैते दशैंको अवसरमा रिलिज हुने चलचित्र प्रकाश सपुतको डेव्यु निर्देशकियो चलचित्र हो।
चलचित्रमा प्रकाश र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिएको हो ।
विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा चलचित्रले भन्ने छ । गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।