A vertical shot of the black cat in the dark darkness

‘रंगी’ नयाँ गीत: श्रीमान श्रीमतीको भूमिकामा सलोन र मलिका


फागुन २ गतेबाट रिलिज हुने चलचित्र ‘रंगी’ को नयाँ गीत सार्वजनिक भएको छ। आमेश भण्डारी र समिक्षा अधिकारीको स्वरमा चलचित्रको टाइटल गीत रिलिज भएको हो। गीतमा आमेशको नै शब्द र संगीत रहेको छ। गीतको भिडियोमा सलोन बस्नेत र मलिका महत फिचर रहेका छन्। रोमान्टिक शैलीमा गीतको भिडियो तयार पारिएको छ।

भिडियोमा चिया बेच्दै गरेकी मलिका महत देखि सलोन संगको प्रेम र उनको गर्भवती भएको समयसम्म देखाइएको छ। चलचित्रमा सलोन र मलिका श्रीमान श्रीमतीको भूमिकामा हुनसक्ने अनुमान गर्न सकिन्छ।


सान्भी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्र सलोन बस्नेतको पहिलो प्रस्तुती हो। चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुशी ढकाल, दिलिप रायमाझी, सुमिन गुरुङ्ग लगायतका कलाकारको अभिनय रहेको छ। सुरेश न्यौपानेको निर्देशनमा तयार भएको चलचित्रमा करिश्मा केसी बस्नेत, सक्षम सुवेदी, अनिश गौतम निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्