A vertical shot of the black cat in the dark darkness

‘जुना : एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक


चलचित्र ‘जुना : एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक गरिएको छ । गीतमा पूर्णकला बिसीको स्वर, भीमबहादुर पौडेलको शब्द रचना तथा बीबी अनुरागीको संगीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा बिनु कार्की, अस्मिता बस्नेत र नेहा गौतमको नृत्य देख्न सकिन्छ ।

विशेषत विवाहमा महिलाहरुले नाँच्ने रत्यौलीलाई प्रस्तुत गरिएको गीतमा एक केटीलाई केटाको गेटअपमा प्रस्तुत गरिएको छ । हाँसो ठट्टा शैलीमा प्रस्तुत गरिएको गीत कुनै घरको आँगनमा खिचिएको छ।

गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्चको व्यानरमा निर्माण भएको चलचित्रलाई जीवन सेञ्चुरीले निर्देशन गरेका छन् । बाल विवाह र महिला हिंसाविरुद्धको कथामा बनेको चलचित्रको निर्माता दीपकप्रसाद घिमिरे हुन् । माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरा र खगेन्द्र न्यौपानेको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्