A vertical shot of the black cat in the dark darkness

चाडै बुबा बन्दै सागर


चलचित्रबाट आफ्नो अभिनय करियर सुरुवात गरेका कलाकार सागर लम्साल ‘बले’ लाई टेलिभिजन शोले सफलता दिलायो। कमेडी सिरियलमा जमेका बले म्युजिक भिडियोमा पनि सफल बने। उनै बले व्यक्तिगत जीवनमा पनि यतिबेला खुशीको माहोलमा रहेका छन् । असार ३० गते विवाह गरेका लम्साल बुबा बन्ने तयारीमा रहेका छन्। झापाकी श्नेहा दंगालसंग विवाह गरेका बले चाडै बुबा बन्दैछन्। स्नेहा यतिबेला ५ महिनाका गर्भवती रहेकी छिन्।

सागर अभिनित नयाँ चलचित्र ‘लाज शरणम’ शिवरात्रिदेखि रिलिज हुँदै छ । नयाँ चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’मा ३५ लाख रुपैयाँ पारिश्रमिक लिएर साइन गरेको चर्चा रहेको छ। टेलिशृङ्खला ‘सक्किगोनि’ को सफलता पनि लोभलाग्दो रहेको छ। पछिल्लो समय व्यक्तिगत र व्यावसायिक दुवै जीवनमा बलेलाई सफलता र खुशी मिलिरहेको छ। उनले आफू बुबा बन्न लागेको खुशी केहि मिडियामा शेयर समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्