सलोनको ‘रंगी’ ट्रेलर: बाबुछोरीको कथामा इमोशनल प्रस्तुती
फागुन २ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘रंगी’ को ट्रेलर सार्वजनिक भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रको ट्रेलरले बाबु छोरीको प्रेमलाई दर्शाएको छ । आफ्नो छोरीका लागि एक बाबुले कुन हदसम्मको मिहेनत गर्नसक्छ भने कथालाई ट्रेलरमा आकर्षक ढंगले प्रस्तुत गरिएको छ।
सलोनको विवाह अनि छोरीको जन्मबाट सुरुवात ट्रेलरमा छोरी आयुषी ढकालका लागि बाबु सलोन बस्नेतको प्रेम, संघर्ष देखाइएको छ ।
ट्रेलरका केही दृश्य भावुक लाग्छन् । सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको चलचित्र सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको छ।