‘लाज शरणम्’ को टिजर, दर्शकमा बढ्दैछ कौतुहलता
चलचित्र ‘लाज शरणम्’ को टिजर सार्वजनिक भएको छ। हास्य टेलिसिरियल ‘सक्किगोनि’ समूहले निर्माण गरेको पहिलो चलचित्रको बिहिबार सार्वजनिक टिजरले दर्शकको मन जितिरहेको छ। सोनम ल्होसारको अवसर पारेर सार्वजनिक टिजरले बैदेशिक रोजगारमा जानुपर्ने नेपालीको वाध्यतालाई चित्रण गरेको छ।

डोल्पाको गाउँमा चलचित्रको कथा बुनिएको छ। टिजरमा धेरै आकर्षक पल्ट हरु देखाइएको छ जसले दर्शकको मान जितिरहेको छ। विदेशबाट डोल्पा पुगेको कफिन र त्यसपछि उत्पन घटनाक्रमलाई टिजरमा प्रस्तुत गरिएको छ । अभिनेता सिताराम कट्टेलको गेटअप र संवादले दर्शकको ध्यान खिच्नेछ।
चलचित्रमा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, माला लिम्बू, सागर लम्साल, हरिष निरौला, कमलमणि नेपाल लगायतको अभिनय छ । कुमार कट्टेलको निर्देशनमा तयार भएको चलचित्रमा निर्देशक कट्टेलको कथा रहेको छ। नवीन श्रेष्ठ निर्माता तथा राम नरेश साह र सृजना खड्का सह-निर्माता रहेको चलचित्र फागुन १४ गतेबाट रिलिज हुँदैछ।