‘पारी त्यो डाँडामा’ गीतको दोश्रो भाग आउँदै,१० बर्षपछि दोहोरिएला इतिहास?


नेपाली गीतसंगीतका श्रोताका लागी ‘जालमा- पारी त्यो डाँडा’ मा गीत निकै लोकप्रिया रहेको छ। २०७१ मा रिलिज भएको यो लिरिकल गीत अहिलेको समयको कुरा गर्दा भाइरल बनेको थियो उक्त समयमा। ठुलो प्रचार बिना नै नयाँ टिमले निर्माण गरेको यो चलचित्रको गीतले बजारमा तहल्का पिटेको थियो। उक्त समयमा नेपालमा भर्खर यूट्यूब स्थापित हुँदै थियो। यो प्लेटफममा यो गीतले लोकप्रियताको शिखर चुमेको थियो। यसका कभर भिडियो पनि उक्त समयमा व्यापक चर्चामा रहेका थिए। ‘रेशम फिलिली’ चलचित्रमा समावेश यो गीतले चलचित्र प्रमोशनका लागी ठुलो सहयोग पुगेको थियो। २०७१ बैशाख ११ मा रिलिज भएको चलचित्रको आक्रामक ओपनिङ्ग रहेको थियो। तर बैशाख १२ मा गएको महाविनाशकारी महाभूकम्पले देश नै संकटमा पर्यो । चलचित्रको व्यापर र रिलिज पनि बन्द भयो।


यहि चलचित्रको सिक्वेल करिव १० बर्षपछि रिलिज हुँदैछ। ‘फेरी रेशम फिलिली’ शिर्षकमा तयार भएको चलचित्र फागुन १४ गते रिलिज हुँदैछ । चलचित्र एक गीत र पोष्टर सार्वजनिक भैसकेका छन् । दर्शकले यो चलचित्रलाई पहिले जस्तै अनुभूति गर्ने निर्माण टिमको विश्वास रहेको छ।

रिलिज मिति नजिकिदैं गर्दा चलचित्रले आफ्नो प्रचारका लागि ‘जालमा’ गीतको सिक्वल ल्याउने तयारी गरेको छ, जसको छायाँकन यसै साता सकिएको छ। यसै साता रिलिज हुने यो ‘फेरि जालमा’ गीतको तस्विर निर्माण पक्षले सार्वजनिक गरेको छ ।
सार्वजनिक तस्विरमा चलचित्रका मुख्य कलाकारहरु विनय श्रेष्ठ तथा सुपुष्पा भट्ट कडेल फिचर छन् । तस्विरमा दुवैलाई रोमान्टिक मुडमा दुई हात बाँधेर थरीथरीका रंगीन छाताहरुले साजइएको रुखाकृतिको अगाडि बसिरहेको देख्न सकिन्छ । यो सिक्वल गीतमा ‘जालमा’ को संगीत र गायन टोली एकसाथ फर्किएको छ।

गीत कालीप्रसाद बाँस्कोटाको संगीतमा तयार भएको हो भने शब्द मानस राजले लेखेका हुन् । यस्तै गायनमा काली र सोमिया बराईली रहेका छन् । यस्तै गीतको भिडियालाई प्रदिप लामाले कोरियोग्राफी गरेका छन् । सार्वजनिक भएपछि यो गीतले पहिलेको गीतले झैं लोकप्रियता बटुल्ने अनुमान निर्माण पक्षले गरेको छ । चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको अभिनय छ ।


सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको चलचित्रका लेखक तथा निर्देशक निरोज महर्जन हुन् । रौनक विक्रम कडेल निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता सुरज विक्रम ठकुरी र सह–निर्मातामा एनि थापा छन् । सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन चलचित्रमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्