केटि हराएको सुचना प्रिमियर: सेलिब्रेटीको भीडबाट प्रसंसाको शब्द
शुक्रबारबाट रिलिज हुने चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ ले बुधबार साँझ ललितपुरको लबिम मलमा भव्य प्रिमियर शोको आयोजना गरेको छ । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, मिरुना मगर, दिया मास्के, मेनुका प्रधान, निश्चल बस्नेत, छविराज ओझा, प्रदीप भट्टराई, अशोक शर्मा, सिसन बानिया, सजन राजा बैध लगायतका सेलिब्रेटीको उपस्थितिमा चलचित्रको प्रिमियर सम्पन्न भएको थियो। प्रिमियरमा उपस्थित अतिथिले चलचित्रको कथा वस्तुसँगै कलाकारको अभिनय, निर्देशकीय पक्ष, प्राविधिक पक्षको तारिफ गरेका छन् ।
निर्देशक निश्चल बस्नेतले निर्देशक दीपेन्द्र गौचनको चलचित्र हेर्ने धेरै पहिलेदेखि इच्छा भएकोमा त्यो इच्छा पुरा भएको बताए । उनले निर्देशकले आफूले भन्न मन लागेको कुरा चलचित्रको माध्यमबाट भनेको जनाए । अभिनेत्री प्रियंका कार्कीले आफूहरुले हेरिरहेको मूलधारका चलचित्रभन्दा फरक रहेको बताइन् । उनले आफूले ‘इन्जोय गरेको खुलाइन् ।
अभिनेत्री स्वस्तिमा खड्काले धेरै पछि एउटा फरक जनरा र फ्रेस कथाको चलचित्र हेर्न पाएको बताइन् । अभिनेत्री दिया मास्केले एकदमै सामान्य, फ्रेस र आफूलाई मनपर्ने तरिकाले बनाएको चलचित्र भनी प्रतिक्रिया दिइन् । अभिनेत्री मिरुना मगरले सृष्टिको काम देखेर आफू खुशी भएको बताइन् । ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको चलचित्रमा दीपेन्द्र गौचनको लेखन र निर्देशन छ ।
चलचित्रमा नाजिर हुसेन , सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको चलचित्रमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।