‘आउटलः दफा २१९’मा ४० लाखको एक्सन सिन: सुशीलको शरीरमा आगो
चलचित्र आउटलः दफा २१९’ फागुनको २९ गतेबाट रिलिजमा आउँदैछ । चलचित्रको टिजर सार्वजनिक हुँदै देखि नायक सुशील श्रेष्ठको एक्सनको चर्चा हुँदै आएको छ। यो चलचित्रमा सुशिलले नेपाली चलचित्रमा अहिलेसम्म प्रयोग नभएको एक्सन गरेको दाबी निर्माणपक्षको छ ।
केही हप्ता अगाडि मात्र यसको टिमले ४० लाख खर्च गरेर एउटा एक्सनको दृश्य छायांकन गरेको छ । अब, भने चलचित्र रिलिजका लागि पूर्ण रुपमा तयार भएको निर्माणपक्षको भनाई छ । यसैबिच, यो चलचित्रका लागि सुशिल आफ्नो शरीरमा आगो लगाएर एक्सनको दृश्य दिएका छन् । यो दृश्यका लागि सुशिलको शरीरमा आगो लगाइएको थियो र उनले एक्सन गरेका थिए । यो दृश्य दर्शकका लागि विशेष हुने निर्माणपक्षको भनाई छ ।
निर्माणपक्षका अनुसार, चलचित्रमा करिब ५० मिनेट एक्सन छ । जसलाई हलिउड र कोरियन स्टाइलमा कोरियोग्राफी गरिएको छ ।
टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको यो चलचित्रलाई विक्की महर्जनले लेखन तथा निर्देशन गरेका हुन् । अमित अग्रहरिको लगानी रहेको चलचित्रमा सुशिलको साथमा शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, सोनु लागुन, विशाल पहारि लगायतका कलाकारहरुको अभिनय छ । विनोद कठायत कार्यकारी निर्माता रहेको चलचित्रमा विकास चौधरी सह–निर्माताको रुपमा छन् ।