लयमा फर्किएको आर्यन सिग्देलको करियर ,’माग्ने राजा’ मा जोडिए
पछिल्लो समय अभिनेता आर्यन सिग्देल नेपाली चलचित्र निर्माताको रोजाइमा पर्दै गएका छन्। पहिलो इनिङ्ग्समा सफलताको स्वाद चाख्दै नम्बर १ नायक बनेका सिग्देलको करियर बीचमा केहि समय लय बाहिर रहेको थियो। लगातार फ्लप चलचित्र दिएका आर्यनको दोश्रो इनिङ्ग्स नेपाली चलचित्रमा सुरुवात भएको छ। उनि लगातार हिट चलचित्रमा काम गरिरहेका छन् भने उनको हातमा एकपछि अर्को चलचित्रमा अनुबन्धित भैरहेका छन्। ‘महाभोज’ को छायांकनको तयारीमा रहेका सिग्देल नयाँ चलचित्र ‘माग्ने राजा’ मा अनुबन्धित भएका छन्
निर्देशक ऋषि लामिछानेले दिएको जानकारी अनुसार चलचित्रको महत्त्वपूर्ण भूमिकाका लागि आर्यनलाई अनुबन्ध गरिएको हो । महाभोजको छायांकन सम्पन्न भएपछी माग्ने राजालाई आर्यनले समय दिनेछन्।
सामीप्य राज तिमिल्सनाको पटकथा संवादमा रहने चलचित्रमा केदार घिमिरे (माग्ने बुढा) शीर्ष भूमिकामा देखिनेछन् । चलचित्रमा वर्षा सिवाकोटी, मिस पवि, शिशिर बाङदेल लगायतका कलाकार फाइनल भइसकेका छन् । चलचित्रलाई मुनाल घिमिरेले निर्माण गर्न लागेका हुन ।