‘रंगी’ प्रचारमा महोत्सवमा दुर्गेशसंगै सलोन बस्नेत
फागुन २ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘रंगी’ बाट सलोन बस्नेत निर्माताको रुपमा आउंदैछन्। बाल्यकाल देखि नै नेपाली चलचित्र क्षेत्रमा आफुलाई सक्रिय बनाएका सलोनले निर्माताको रुपमा आफ्नो चलचित्रलाइ स्थापित गर्न कुनै कसर बाँकि राखेका छैनन्। उनि चलचित्रको प्रचारमा देशका मेल महोत्सवमा देखिन थालेका छन्। टिजर र गीतले दर्शकको राम्रो साथ पाएको चलचित्रको प्रचारमा उनी गायक दुर्गेश थापासंग जोडिएका छन्। सलोनको चलचित्रको ‘छ भने माया’ का गीतकार तथा संगीतकार दुर्गेश थापा हुन्। सलोन दुर्गेशसंगै केहि दिन अगाडी बर्दियाको बासगढी महोत्सवबाट चलचित्रको प्रचारप्रसार सुरु गरेका छन् ।

सलोनका अनुसार महोत्सवमा दुर्गेशले ‘छ भने माया’ गाउँदा सलोन भने नाँचेका थिए । उनले आफू पहिलो पटक निर्माताका रुपमा दर्शकमाझ आउन लागेकाले आफ्ना अघिल्ला चलचित्र जस्तै ‘रंगी’लाई पनि माया गरिदिन आग्रह गरे । ‘महोत्सवमा सयौं दर्शकमाझ चलचित्रको प्रचारप्रसार गर्न पाउँदा निकै खुशी लाग्दो रहेछ । दर्शकले हाम्रो चलचित्रलाई राम्रो साथ दिनुहुनेछ भन्नेमा म ढुक्क छु’, उनले भने ।
सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको चलचित्र सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको हो । चलचित्र सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी ढकाल, दिलीप रायमाझी, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी रहेको छ।