हजारौ मानिसको भीडमा ‘बलिदान’ को प्रि- क्लाइमेक्स छायांकन
पहिलो चलचित्रबाट नै स्टार बनेका समिर भट्टको दोश्रो चलचित्र ‘बलिदान’ को सुटिङ्ग यतिबेला अन्तिम चरणमा रहेको छ। मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित सिमसार कालिचौरमा चलचित्रको ‘प्रि–क्लाइमेक्स’ को दृश्यको छायांकन सम्पन्न भएको छ ।
चलचित्रको यो पार्टमा झन्डै १२ हजार बराबरका व्यक्तिहरु सहभागी रहेका छन्। निर्माणपक्षले महोत्सवको आयोजना गर्दै दर्शकलाई सहभागी हुन आह्वान गरेको थियो । निर्माणपक्षको आव्हानमा हजारौं दर्शक उक्त चौरमा उपस्थित भएका थिए । काल्पनिक राज्य भिलमगढका कुटिल राक्षसलाई समाप्त पारेर युग पुरुष नायकले आह्वान गरेको एकता सभामा रौद्र अवतारकी काली माताको भव्य मुर्तिको उद्घाटन गर्ने दृश्यको छायांकन भएको निर्माण टिमले बताएको छ।
यो छायांकनमा चलचित्रका मुख्य कलाकारहरू समीर भट्ट, ऋचा शर्मा, अर्पण थापा, कामेश्वर चौरासिया लगायत सहभागी थिए । समीरले डेढ सय दक्षिण भारतीय एक्सन भिलेनसँग एक्सन गर्नेछन्, अनि करिव ३ प्रतिशत बाँकी रहेको छायांकन सकिनेछ । सन्तोष सेनको निर्देशनमा तयार भइरहेको यो चलचित्रको छायांकन सम्पन्न भए लगत्तै टिजर सार्वजनिक गर्दै रिलिज मिति तय गरिनेछ।