‘महाभोज’ बाट किन अलग भईन मिरुना मगर ?
मल्टिस्टारर चलचित्र ‘महाभोज’ बाट अभिनेत्री मिरुना मगर बाहिरिएकी छिन् । मुख्य भूमिकामा देखिन लागेकी मिरुना अर्को चलचित्रमा व्यस्त भएपछी सहमतिमा नै अलग भएको बताइएको छ। उनको स्थानमा अर्की अभिनेत्री गौमाया गुरुङको प्रवेश भएको छ ।
![](https://i0.wp.com/mnmnepal.com/wp-content/uploads/2025/01/mahaboj_dVtI3DY4oT_8aorz13sxbskjp4rfrnvyc061twddhm0ioyqxgpuknwa4tgqzwhv92eec2zg_a3vX7hW7iL_rcd8f9yk9vay4z75mb6ixaanqdrv9o9tooeeyoikc8gqhpmiog4pzrfhsbff-768x576.jpg?resize=720%2C540&quality=100&strip=all&ssl=1)
मिरुना अभिनेता धिरज मगरसंग चलचित्र ‘कुस्ती’ मा काम गर्दैछिन् । दुई चलचित्र एकसाथ हुने भएपछि ‘महाभोज’ बाट मिरुना बाहिरिएकी हुन्। माघ १ गतेबाट छायांकनमा जाने चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, अञ्जना बराइली, गौमाया, खगेन्द्र लामिछाने, मलिका महत लगायतका कलाकारहरुको अभिनय रहनेछ । हिमाल कडरियाले निर्माण गर्ने चलचित्रमा विकास सुवेदीको लेखन र दिनेश राउतको निर्देशन रहनेछ।