बैशाख १२ मा हरिवंश र दयाहाङको ‘भूठान’ रिलिज हुने
हरिवंश आचार्य अभिनित चलचित्र ‘भूठान’को प्रदर्शन मिति तय भएको छ । अंग्रेजी नाम ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ दिइएको यो चलचित्र बैशाख १२ मा नेपालमा प्रदर्शनमा आउने छ ।
विनोद पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा हरिवंश सहित दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, जोएस पाण्डे, ,अदिती प्याकुरेल, टम क्रेन, विमल सुवेदी र हलिउड अभिनेता ब्रुस डर्नको अभिनय छ । निर्देशक पौडेलले ‘बुलबुल’ यस अगाडी निर्देशन गरेका थिए। हरिवंश आचार्यको जीवनकै यो कालजयी चलचित्र बन्ने चलचित्रका निर्माता अविरल थापाले बताएका छन्। उनले आचार्यको अहिलेसम्म नदेखिएको अवतर देखिने उल्लेख गरेका छन्।
नेपालमा यसको वितरण आरआर फिल्मस् प्रोडक्सनले गर्नेछ । चलचित्रलाई विश्वभरिका हलमा बलिउड र हलिउडकै वितरकको संग्लग्नतामा एकै मितिमा प्रदर्शन गर्नको लागि पनि तयारी भैरहेको छ ।चलचित्रले भुटानदेखि भारत, नेपाल हुँदै अमेरिकामा बसोवास गरिरहेका भुटानीको देशप्रेम र थातथलो छोड्न पर्दाको कथा र आफनो जराको खोजको कथा पेश गर्छ ।
चलचित्र राजेन्द्र ठकुराठी, अमिताभ जोशी, अविरल थापा, सुशांक मैनाली र किर्तना बाँसकोटाले निर्माण गरेका हुन् । कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, एलएन अधिकारी, कौशिला खनाल कर्माचार्य, रमेश भट्ट, अपार श्रेष्ठ, भुवन प्याकुरेल छन् । चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाईट, एभरेष्ट ईन्टरटेनमेन्ट अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेका हुन् ।