A vertical shot of the black cat in the dark darkness

‘मायावी’ पोष्टर: दिपिकासंग प्रेम र पिडामा पल शाह


पल शाह र दिपिका प्रसाई मुख्य भूमिकामा रहेको चलचित्र ‘मायावी’ को दुई नयाँ पोष्टर सार्वजनिक गरिएको छ। दुई पोष्टरमा पल र दिपिकाको फरक दुई मुड प्रस्तुत गरिएको छ। एक पोष्टरमा दिपिकासंग पल रोमान्टिक रहेका छन् भने अर्कोमा उनि भावुक मुडमा देखिएका छन्।

फागुन १४ गतेबाट रिलिज हुने चलचित्र दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको छ। क्रियटिभ सिने आर्टस् र नेम महर्जनको लगानी रहेको चलचित्रमा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त निर्माताको रुपमा छन् ।

राजु पराजुली र सुमित वली सह–निर्माताको रुपमा रहेको चलचित्रमा पल र दीपिकाको साथमा सुशील सिटौला, करिश्मा श्रेष्ठ र नव–कलाकार समिम खान, राजाराम पौडेल, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रको कार्यकारी निर्माता प्रविन भट्टराई र करण सिंह हुन् ।

प्रतिक्रिया दिनुहोस्