सामाजिक संजालमै हरेक दृश्य, रिलिजको समयमा के हेर्ने ‘जेरी अन टप’ भित्र ?
डिजिटल मिडियाको जमानामा सामाजिक संजालमा हरेक कुरा हेर्न र देख्न पाइन्छ। कति र कस्ता सामाग्री पोष्ट गर्ने भन्ने कुनै हेक्का नभएको समयमा डिजिटल मिडियाको सदुपयोग र दुरुपयोग हुँदै आएको छ। नेपाली चलचित्र पनि डिजिटल मिडियाको शिकार हुँदै आएको छ ।

चलचित्रको सुटिङ्ग देखि रिलिज समयसम्मका सामाग्री समाजिक संजालमा जताततै देख्न पाइन्छ। चलचित्र रिलिजको समयमा निर्माता कडा रुपमा हुन् खोजे पनि सुटिङ्गको समय देखि नै चलचित्रका दृश्य र फोटोहरु सामाजिक संजालमा भेटिन्छ। यसको पछिल्लो उदाहरणा हो ‘जेरी अन टप’।

मल्टीस्टारर चलचित्रका सुटिङ्गका दृश्यहरु सुरुवाती दिन देखि भाइरल बन्दै गएका छन्। लुक्ला देखि काठमान्डौसम्मका दृश्य टिकटक देखि समाजिक संजालमा जताततै देख्न सकिन्छ। यसले चलचित्रको प्रचारमा फाइदा हुन्छ भन्ने सोचेर हो कि निर्माण टिमले कुनै कदम उठाएको छैन। सुयोग गुरुङ्गको निर्देशनमा तयार हुँदै रहेको चलचित्रमा सरोज न्यौपानेको लगानी रहेको छ। चलचित्रमा अनमोल केसी, जसिता गुरुङ्ग, आंचल शर्मा, भुवन केसी, केदार घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ।