केदारको पारिश्रमिक ५० लाख !, निर्माता किन हुदैछन् महँगो रकम तिर्न तयार ?
हास्य कलाकार हुँदै चलचित्र अभिनयमा होमिएका केदार घिमिरे ‘माग्ने बुढा’ को फ्यान क्रेज गज्जब रहेको छ। उनको सटिक कमिक टाइमिंङ र अभिनयले दर्शकको मन जित्ने गर्दछ। ‘छक्का पन्जा’ सिरिजका मेरुदण्ड केदार यतिबेला यो ब्यानर बाहिरका चलचित्र धमघम गरिरहेका छन्। उनले चार वटा चलचित्र गर्ने सम्झौता गरिसकेका छन्। ‘जेरी अन टप’ को छायांकनमा व्यस्त रहेका केदार ‘माइतिघर’, ‘माग्ने राजा’ र ‘कंगारु’ मा काम गर्नेछन्।
चलचित्र माइतिघरमा उनले ५० लाख पारिश्रमिक लिएको बुझिएको छ। चलचित्रको संवाद लेखन र अन्य कामको जिम्मवारीमा उनले सहयोग गर्ने बताइएको छ। केदारले आफ्नो पारिश्रमिक नै ६० लाख बाट सुरुवात गर्ने बताइएको छ। अन्य चलचित्रले पनि उनली ४० लाख माथीको पारिश्रमिक दिईरहेको बुझिएको छ।
नेपाली चलचित्र क्षेत्रमा अनमोल केसीले ५० लाख बराबरको प्रारिश्रमिक लिने गर्दछन्। त्यो हाराहारीमा अथवा बढी केदारले पारिश्रमिक लिन थालेपछि यसको चर्चा चलचित्र बजारमा गर्माएको हो। केदारलाई चलचित्रमा लिएपछि अन्तराष्ट्रिय बजारबाट पैसा उठाउन सहज भएको कारण पनि निर्माता उनलाई उनले मागेको पैसा दिन तयार हुँदै गएको बुझिएको छ।