दाङ्गबाट विपिन र उपासनाको ‘कर्मा’ छायांकन सुरु


नयाँ बर्षको अवसर पारेर चैत्र २९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘कर्मा’ को छायांकन दाङको घोराही बाट सुरु भएको छ । सौरभ चौधरीको निर्देशनमा तयार भएको चलचित्रको घोराहीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा शुभ मुहूर्त गरेपछि छायांकन सुरु गरिएको हो ।

४० दिन दाङ्गमा खिचिने चलचित्रको एकहप्ता रुकुममा छायांकन हुनेछ। विपिन कार्की र उपासना सिंह ठकुरीको जोडी बाँधिएको चलचित्रमा मुकुन भुषाल दिव्यदेव लगायतका कलाकारको अभिनय रहेको छ । पहिलोपटक विपिन कार्की एक्सन भूमिकामा देखिदैछन् भने मुकुनले भिलेनको रुपमा प्रस्तुत हुँदैछन्।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुतिमा बन्न लागेको चलचित्रमा वसन्त लम्साल निर्मातामा छन् । एक्सन प्रधान चलचित्रको लेखन तथा निर्देशन सौरभ चौधरीले गर्दैछन्। उनले यस अगाडी चलचित्र ‘अगत्स्य’ निर्देशन गरेर चर्चामा आएका थिए।

प्रतिक्रिया दिनुहोस्