‘एमएसएम एप’ मा ‘खुस्मा’ चलचित्र रिलिज


चलचित्र निर्माताको लागी पछिल्लो समय कमाईको हिसाबले हलको मात्र भर पर्नु पर्ने अवस्था छैन। डिजिटल राइट्स, विदेश राइट्स हुँदै ओटीटी पनि निर्माताको कमाईको लोभलाग्दो माध्यम बनिरहेका छन्। विगत केहि महिनाबाट ओटीटी प्लेटफर्मको रुपमा ‘एमएसएम एप’ ले दर्शकको राम्रो साथ पाइरहेको छ । यो एपमा चर्चित चलचित्रहरु स्ट्रीमिङ्ग भैरहेका छन्। ‘बेहुली फ्रम मेघौली’, ‘दिमाग खराब’, ‘महाजात्रा’, ‘घर ज्वाइँ’, ‘अगस्त्य’, र ‘फर्की फर्की’ जस्ता चलचित्रहरुको मज्जा दर्शकले लिईरहेका छन्। निर्माताको लागी पनि आयश्रोतको राम्रो बाटो यो एपले दिईरहेको छ।

यहि बीचमा यो वर्षको अर्को सफल चलचित्र ‘खुस्मा’ यो एपमा रिलिज हुने भएको छ। शुक्रबारबाट यो एपमा दर्शकले यो चलचित्र हेर्न पाउनेछन्। नेपाल र विदेशमा दर्शकको राम्रो साथ पाएको चलचित्रमा धिरज मगर र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेका छन्। अशोक थापा मगरले निर्देशन गरेको चलचित्रमा माओत्से गुरुङ, सुजाता राई, अस्तित्व भट्टचन लगायतका कलाकारको अभिनय रहेको छ।

दशैंको टिकाको अघिल्लो दिनबाट आफ्नो सेवा सुरु गरेको एमएसएम एप अहिलेसम्म २ लाख भन्दा बढी पटक डाउनलोड भैसकेको छ। सफल र चर्चित चलचित्रहरु हलमा हेर्न नपाएका दर्शकका लागी सहज र सस्तो मुल्यमा एपले उपलब्ध गराएको कारण पनि यसको लोकप्रियता बढ्दै गएको छ। एपलाई थप सहज बनाउन एपल टिभी र गुगल टिभीमा पनि उपलब्ध गराउने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्