‘पूर्ण बहादुरको सारङ्गी’ को सफलता पश्चात ‘लाज शरणम्’ सेटमा विजय बराल
चरित्र अभिनयमा आफुलाई स्थापित गरेका अभिनेता विजय बरालले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ मार्फत अभूतपूर्ण सफलता हासिल गरे । नेपाली चलचित्र इतिहासमा सर्वाधिक व्यापार गर्दै अनेक रेकर्ड रकहं सफल चलचित्र अहिले पनि हलमा सफलताको साथमा चलिरहेको छ।
यहि बीचमा विजयले चलचित्र ‘लाज शरणम्’ को छायांकनको दोश्रो सेड्युल ज्वाइन गरेका छन्। दशैँ अघि डोल्पामा खिचिएको चलचित्रको काठमाडौं तालिका केहि दिन अगाडिबाट सुरु गरेको हो । मंगलबारबाट बरालले काठमाडौंको माइतीघरस्थित खाद्य गोदामबाट दोश्रो चरणको सुटिङ सुरु गरेका हुन् ।
हालसम्म चलचित्रको ९५ प्रतिशत छायांकन सकिएलको जानकारी निर्माणपक्षले दिएको छ । चलचित्र फागुन १४ गते महाशिवरात्रीबाट रिलिज हुनेछ। चलचित्रमा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय रहनेछ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने छन् । चलचित्रमा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह-निर्माताको रुपमा रहेका छन् ।