सुरु भयो ‘बलिदान’ को छायाङ्कन, रिलिज मिति तय !


चलचित्र ‘बलिदान’ छायाङ्कनको अन्तिम चरणमा प्रवेश गरेको छ । दशैँ अगाडी चलचित्रको पहिलो चरणको छायांकन गरिएको थियो। चलचित्रको बाँकी छायांकन शुक्रबारदेखि मोरङको कानेपोखरीमा निर्माण गरिएको भव्य सेटमा सुरु गरिएको छ ।

गत भदौमा छायाङ्कन सुरु भएको यस चलचित्रको अन्तिम तालिका करिब ४५ दिनको रहेको निर्देशक सन्तोष सेनले बताएका छन् । छायाङ्कनका लागि कलाकारहरू समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्यदेव र ऋचा शर्मा लगायतका प्रमुख कलाकार मोरङ पुगेका छन् ।


चलचित्रको घोषणा हुँदै यहि बर्षको दशैमा रिलिज हुने बताइएको थियो। तर यो सम्भव नभएपछि चलचित्र कहिले रिलिज होला भन्ने कौतुहलता कायम रहेको छ। चलचित्रको रिलिज मितिको टुंगो लागि सकेको निर्देशक सन्तोषले जानकारी दिए। उनले भने, “रिलिज मिति तय भइसकेको छ, तर यसको औपचारिक घोषणा टिजरबाट हुनेछ ।” टिजर चलचित्रको सुटिङ्ग सम्पन्न भएको भोलिपल्ट सार्वजनिक गर्ने सेनले बताएका छन्।

एक्सन प्रधान रहेको ‘बलिदान’ मा दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य तयार गरिरहेको छ । चलचित्रलाई सञ्जय लामा र महेश पौडेलले खिच्नेछन्। ‘आसुसेन फिल्म्स प्रा.ली.’ को प्रस्तुति रहेको यस चलचित्रमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्माताको भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्