‘कबड्डी’ जोडी दया र रिश्माको ‘रिमै’, गोरखाबाट सुटिङ्ग सुरु


चलचित्र ‘कबड्डी’ मा अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङ्गको जोडीलाई दर्शकले रुचाए। हिट चलचित्रको यो जोडीलाई दर्शकले लामो समयबाट स्क्रिनमा संगै देखेका छैनन्। रिश्मा लामो समयबाट बाहिर बस्दै आएकी छिन्। यहि जोडी मुख्य भूमिकामा रहेको चलचित्र चलचित्र ‘रिमै’ ले सुटिङ्ग सुरुवात गरेको छ। मंगलबारबाट गोरखाको सिरानचोकमा मुहूर्त गरेपछि चलचित्रको सुटिङ्ग सुरुवात गरिएको छ।

अबको एक महिनासम्म गोरखाको सिरानचोक, झार गाउँ, भंगेरी, लासे, गोर्खा बजार क्षेत्रमा छायांकन हुने चलचित्रलाई खिलबहादुर गुरुङले निर्देशन गर्दैछन्। चलचित्रमा कविता आले मगर, माओत्से गुरुङ, पुष्कर गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ लगायतको अभिनय रहनेछ।


चलचित्रमा अभिनेत सौगात मल्ल पनि मुख्य भूमिकामा रहने पक्का रहेको थियो। तर उनको चलचित्र ‘बलिदान’ संग सेड्युल जुधेपछि उनले चलचित्रमा कम गर्न सकेनन्।
वीरवल घले, टिका गुरुङ र दुन बहादुर घले निर्माता रहेको चलचित्रको सह-निर्माता बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे हुन् । रोहित कट्टेल प्रस्तुतकर्ता र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्