लुक्लामा ‘जेरीः अन टप’ टिम, एकसाथ अनमोल, जसिता र आंचल
मल्टिस्टारर चलचित्र ‘जेरीः अन टप’को दोस्रो चरणको छायांकन सुरु भएको छ । शुभमुहर्त गरेर तिहार अगाडी पहिलो चरणको छायांकन सम्पन्न गरेको चलचित्रको टीम दोश्रो चरणको छायांकनको लागी लुक्लामा रहेको छ।
लुक्लामा चलचित्रमा महत्वपूर्ण दृश्यहरु कैद हुनेछन्। यसका लागी अनमोल केसी, जसिता गुरुङ्ग, आंचल शर्मा लगायतको कलाकारको टोलि लुक्लामा रहेको छ। लुक्लापछि चलचित्र भरतको लद्दाकमा खिचिनेछ।
सरोज न्यौपानेको निर्माण रहेको चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरिरहेका छन् । केदार घिमिरे माग्ने ‘बुढा’ भुवन केसी, विपना थापा लगायतका कलाकारको अभिनय छ । ५ करोड लागतमा निर्माण हुने बताइएको चलचित्र फागुन २ गतेबाट रिलिज तयारीमा रहेको छ।