‘१२ गाउँ’ को कलेक्सन २५ करोड माथी, हलमा अझै छ प्रदर्शन जारी
पाँचौ हप्तामा प्रदर्शनरत रहँदा चलचित्र ‘१२ गाउँ’ ले २५ करोड माथीको कलेक्सन गरेको वितरक गोविन्द शाहीले जानकारी दिएका छन्। असोज २४ गते रिलिजको दिन बाट नै आक्रामक व्यापार गरेको चलचित्रको कमाइको आंकडा ३० करोड काट्ने अनुमान गरिएको थियो।
तर पूर्ण बहादुरको सारंगीको धुन चलचित्र हलमा गुन्जिएपछि चलचित्रको शोमा भारि गिरावट आएको छ । सोहि कारण पनि चलचित्रको कलेक्सनको आँकडा ३० करोड नपुगे पनि इतिहासमा सर्वाधिक कमाउने चलचित्रको नाममा दर्ता भने हुने पक्का भएको छ।
विराज भट्टको निर्माण र निर्देशन रहेको एक्सन चलचित्र भट्ट पुत्र समिर भट्टको डेव्युको कारण पनि चर्चामा रहेको थियो। चलचित्र ‘छक्का पन्जा ५’ संगको भिडन्त यो चलचित्रको लागि फलदायी देखियो। जे होस् चलचित्रको व्यापारिक सफलताले नेपाली दर्शकमा एक्सन चलचित्र प्रतिको मोह जीवित रहेको पक्का गरेको छ ।