क्रिकेट टिम ‘कर्णाली याक्स’ को प्रवर्धनमा स्वस्तिमा खड्का


चर्चित नायिका स्वस्तिमा खड्का हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्समा ‘फेस अफ कर्णाली याक्स’ को रूपमा आबद्ध भएकी छिन् । बुधवार नक्सालस्थित हिल्टन होटलमा पत्रकार सम्मेलन गर्दै कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल) को लागि खड्कालाई आबद्ध गरेको जनायो ।

उनले कर्णाली प्रदेश फरक संस्कृति, रहनसहन र वातावरणसँगै क्रिकेटबाट पनि चर्चामा रहने बताएकी छिन् । उनले नेपाली क्रिकेट विश्वस्तरमा चिनिँदै गएको सुनाइन् । ‘अहिले खेलकुदको माध्यमबाट हरेक राष्ट्रले आफूलाई चिनाउँदै गएका छन् । नेपालका पनि क्रिकेटको प्रभाव बढ्दै गएको छ,’ उनले भनिन्, ‘कर्णाली याक्सले नेपाली क्रिकेटलाई विश्वमाझ पु¥याउने योजना ल्याएको छ । त्यसैको प्रभावले कर्णाली याक्ससँग जोडिन पुगेको हो ।’

उनले आफ्नो श्रीमान् निश्चल बस्नेतको कर्णाली प्रदेशसंग सम्बन्ध भएका पनि कर्णाली याक्ससँग जोडिन सहज जानकारी गराइन् । कार्यक्रमबाटै कर्णाली याक्सको आफ्नो गीत सार्वजनिक गरेको छ । गीतमा हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सका उपाध्यक्ष सुजन खनालको स्वर, सङ्गीत र शब्द छ ।

प्रतिक्रिया दिनुहोस्