‘देववाणी’ मा कुन्दन भारद्वाजको एक्सन


मंसिर ७ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘देववाणी’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा गाउँलेको रक्षाका लागि एक पात्रले गर्ने संघर्षको कथा प्रस्तुत गरिएको छ।

अभिनेता कुन्दन भारद्वाजको एक्सनले ट्रेलर भरिएको छ। चलचित्रमा कुन्दनसहित सुनिल थापा, अनुजा लेप्चा, रविन्द्र झा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमिल्सेना, ह्यारी जोश (बलिउड कलाकार), मौसम पौडेल लगायतको अभिनय छ ।

नेपाली र हिन्दी भाषामा निर्माण गरिएको चलचित्रलाई बाबु साहेब बलामीले निर्देशन गरेका छन्। मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा मीना खड्का र हिराबहादुर लेप्चा निर्माता र मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्